काठमाडौं । अविरल वर्षापछिको बाढी तथा पहिरोमा परेर इलाममा २८ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले इलामका विभिन्न स्थानमा गरेर २८ जनाको मृत्यु भएको जानकारी दिए । यस्तै अन्य दुई जना घाइते भएका छन् ।
सूर्योदय नगरपालिका १ मा ५, इलाम नगरपालिका–६ मा ६, देउमाइ नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ ।
यस्तै माइजोकमाई गाउँपालिकामा ८ र सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको थापाले बताए ।
FACEBOOK COMMENTS