काठमाडौं । धादिङ, नुवाकोट, चितवन, र मकवानपुर जाने सवारी साधन एकतर्फी खुला गरिएको छ ।
यसअघि बन्द गरिएका सडक मौसममा सुधार आएपछि एकतर्फी खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
प्रशासनले अहिले विभिन्न ठाउमा पहरो पन्छाएर एकतर्फी रुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भइरहेको भन्दै सडकमा यात्रुको चापलाई मध्यनजर गरि
उक्त सडकमा आवागमन एकतर्फी खुला गरिएको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS