विराटनगर । कोशी प्रदेश सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ प्रारम्भिक राहत उपलब्ध गराउने भएको छ ।
प्रदेशको इलाममा पहिरोमा परी सबैभन्दा धेरै ३७ जनाको मृत्यु भएको छ ।
कोशी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रारम्भिक राहतस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराइने र घर निर्माण तथा मर्मतका निम्ति थप सहयोग गरिने बताए ।
उनले भने, “प्रदेश सरकारले संघीय सरकार र सुरक्षा निकायसँग समन्वय गरिरहेको छ ।”
मन्त्री भण्डारीले विपद्बाट परेको प्रभावका विषयमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी प्रदेश सरकारले राहत, उद्धार र अरू सहयोगका निम्ति समन्वय गरिरहेको बताए ।
“अहिले सुरक्षा निकायले नै अग्रभागमा रहेर खटिने हो, हामी प्रदेशका तर्फबाट हुन सक्ने सबै सहयोगका लागि तयारी अवस्थामा छौँ,” उनले भने, “प्रदेशसँग भएका विपद् सामग्री समेत सुरक्षाकर्मीलाई उपलब्ध
गराइरहेका छौँ । यसैबीच, मन्त्री भण्डारीले कर्मचारीसहित पुगेर कोशी ब्यारेजको निरीक्षण गरेका छन् ।
FACEBOOK COMMENTS