काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् ।
बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले घिसिङको मुद्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोग र संसदीय समितिमा दर्ता भइसकेकाले उनीमाथि पनि सुरुमा छानबिन गर्नुपर्ने बताएका हुन् ।
बस्नेतले कुलमानले भतिजोमार्फत लामा कन्ट्रक्सनमा लगानी रहेको आरोप लगाउदै सूर्यविनायक–धुलिखेल सडकखण्डमा उनको भतिजो ६० प्रतिशन लगानी रहेको र भतिजोमार्फत भएको उनको अप्रत्यक्ष लगानी भएको लामा कन्ट्रक्सनको भुक्तानी गर्नुपर्ने रहेकाले सडक निरीक्षणमा गएको आरोप लगाएका छन् ।
उनले भने– सबैभन्दा पहिले भ्रष्टाचारको छानबिन कुलमान घिसिङबाट गरौं । मैले कुलमान जतिको भ्रष्टाचारी कोही देखेको छैन ।
रामेश्वर खनाल जीबाट सुरु गरौं, पूर्व अर्थसचिव हो । कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?’
FACEBOOK COMMENTS