काठमाडौ । नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा आफुहरुले दिने बताएका छन् ।
नेता बस्नेतले सरकारले ओलीको सुरक्षा कटौती गरेर गम्भीर त्रुटी गरेको उल्लेख गर्दै सरकार आफ्नो दायित्वबाट भागेको टिप्पणी गरेका हुन् ।
उनले दायित्वबाट सरकार भागेको अवस्थामा, आफुहरु अध्यक्ष ओलीको सुरक्षा सुनिश्चित गर्न सक्षम रहेको बताएका छन् ।
उनले भनेका छन्–
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा कटौती सरकारको गम्भीर त्रुटी हो । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूको सुरक्षा कटौती गरेको खबर गम्भीर विषय हो ।
पूर्व विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था गर्नु संसारको सबै सरकारको कानुनी र नैतिक दायित्व हो ।
यो दायित्वबाट सरकार भागेको अवस्थामा, हामी हाम्रो आदरणीय अध्यक्षको सुरक्षा सुनिश्चित गर्न सक्षम छौँ भन्ने कुरा सबैलाई अवगत गराउन चाहन्छौं । देश र नेतृत्वको सम्मान अग्रह भन्दामाथि रहेर गरौँ ।
FACEBOOK COMMENTS