काठमाडौं । काठमाडौं मा कुनै पनि –याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न समूहहरुबाट हुने भनिएका –याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको
अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि –याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार एक सूचना प्रकाशित गर्दै पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउन सबैमा आग्रह समेत गरेका छन् ।
एमालेको राष्ट्रिय युवा संघले भोलि काठमाडौंमा मोटरसाइकल र्याली निकालिने जनाएको थियो ।

युवा संघले दिउँसो १ बजे तीनकुनेबाट सुरु हुने र्याली बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुन: तीनकुनेमै सम्पन्न हुने जनाएको थियो ।
