काठमाडौं । पुर्व गृहमन्त्री रमेश लेखकले आफुले जेनजी आन्दोलनमा आफु र तत्कालिन प्रधानमन्त्रीले कुनै किसिमको आदेश नदिएको बताएका छन् ।
मिडियामा पहिलो पटक प्रतिक्रिया दिदै आन्दोलनका क्रममा प्रधानमन्त्री र आफुले कुनै किसिमको गोली चलाउने र दमन गर्ने आदेश नदिएको स्पष्ट गरेका हुन् । उनले भने– ’भदौ २३ गते दुखद खट्न भएपछि मैले गृहमन्त्रीबाट राजीनामा गरेको थिए ।
भदौ २४ गते दुखदायी घटनाहरु भए । अर्कोतर्फ बल प्रयोग गर्ने विषयमा तत्कालिन प्रधानमन्त्रीले, गृहमन्त्रीले आदेश गरेको हो भन्ने विषय उठेका छन्, म स्पष्ट रुपमा आग्रह गर्न चाहन्छु, यी विषयहरुमा प्रधानमन्त्री जो भएपनि, गृहमन्त्रीले
आदेश गर्ने भन्ने विषय होइनन् । कुनै किसिमको आदेश गरिएको छैन, प्रधानमन्त्रीको तर्फबाट, मेरो तर्फबाट ।’
लेखकले अहिले लोकतान्त्रिक पद्धतिलाई संचालन गर्न सबै राजनीतिक दलहरुबीच बृहत्तर एकताको आवश्यकता गरेको बताउदै जेनजी युवाहरुले उठाएका मागलाई सम्बोधन गर्दै लोकतान्त्रिक पद्धतिलाई अगाडी बढाउनुपर्ने बताए ।
FACEBOOK COMMENTS