काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा जिम्मा भूतपूर्व सैनिक, प्रहरी सङ्गठन र राष्ट्रिय युवा संघ नेपालले लिएको भएको छ ।
सरकारले सुरक्षा कटौती गरेसँगै पूर्वप्रधानमन्त्री ओलीको सुरक्षा जिम्मा पार्टीकै जनसङ्गठनहरूले लिएका हुन् ।
यसबारे पार्टीका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले फेसबुकमा लेखेर जानकारी दिएका हुन् । उनले ओलीको सुरक्षा गर्नु नेतृत्वप्रतिको सम्मान मात्र नभइ राष्ट्रप्रतिको जिम्मेवारीको प्रतीकसमेत भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘सरकारले सुरक्षा कटौती गरेपछि पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूको सुरक्षा जिम्मा अब भूपू सैनिक, प्रहरी संगठन र राष्ट्रिय युवा संघ नेपालले लिने भएका छन् । यो निर्णय नेतृत्वप्रतिको सम्मान मात्र होइन, राष्ट्रप्रतिको जिम्मेवारीको प्रतीक हो । जनताको विश्वासले उभ्याएको नेताको सुरक्षामा पनि जनता स्वयम् उभिएका छन् ।’
FACEBOOK COMMENTS