काठमाडौं । जेन जी आन्दोलनपछि नेकपा एमाले अध्यक्ष केपी ओली पहिलो पटक पार्टी केन्द्रीय कार्यालय च्यासल जाँदैछन् ।
पार्टीको समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन ओली पार्टी मुख्यालयमा जान लागेका हुन् ।
ओली २ बजे च्यासल पुग्ने सम्पर्क समन्वय कमिटीका सचिव आरसी लामिछानेले बताए। जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओली अहिले गुण्डुमा बसेका छन् ।
आन्दोलनकारीले घरदेखि पार्टी कार्यालयसम्म आगजनी र तोडफोड गरेका थिए ।
FACEBOOK COMMENTS