काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रमा विश्वास र नवीनताको पर्याय बनेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आफ्नो आठौं वार्षिकोत्सव देशभर विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरू र ‘विविधता र समावेशीकरण दिवस’ मनाएर विशेष ढंगले मनाएको छ ।
जीवन बीमा मार्फत लाखौं नेपालीका सपना सुरक्षित गर्दै आठ वर्षको सफल यात्रा तय गरेको कम्पनीले यस अवसरमा समाजप्रति आफ्नो गहिरो प्रतिबद्धता पुन: व्यक्त गरेको छ । स्थापनाकालदेखि नै समाजप्रति उत्तरदायी बीमा संस्थाको रूपमा स्थापित हुने लक्ष्य बोकेको सिटिजन लाइफले यस वर्ष पनि वार्षिकोत्सवलाई स्थानीय समुदायसँग जोड्ने र सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरूसँगै मनाएको छ ।
यसको मुख्य आकर्षणका रूपमा कम्पनीले आफ्ना सबै शाखा कार्यालयहरूमा ‘विविधता र समावेशीकरण दिवस’ आयोजना गर्यो । यस दिन कर्मचारीहरूले आफ्ना सांस्कृतिक पहिचान झल्काउने भेषभूषा र परम्परा प्रदर्शन गर्दै कार्यस्थलमा एकता, सद्भाव र परस्पर सम्मानको सन्देश प्रवाह गरे। यसले सिटिजन परिवारभित्रको सांस्कृतिक समृद्धि र सहअस्तित्वलाई थप सुदृढ बनाएको छ ।
समाजप्रतिको उत्तरदायित्वलाई व्यवहारमा उतार्दै कम्पनीले यस वर्ष देशभर व्यापक सामाजिक कार्यक्रमहरू सञ्चालन गरेको छ। यसअन्तर्गत १६ स्थानमा रक्तदान कार्यक्रम, ६ स्थानमा बीमा सचेतना र्याली तथा घर–घरमा बीमा जानकारी अभियान, ३ स्थानमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम, ११ स्थानमा अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण, १ स्थानमा नि:शुल्क स्वास्थ्य शिविर, १० स्थानमा विपन्न बालबालिकाहरूलाई न्यानो कपडा वितरण, र ७ स्थानमा ३५० बिरुवा रोपण कार्यक्रम सम्पन्न भएका छन्। यी कार्यक्रमहरूले समाज र वातावरण दुवैप्रति कम्पनीको दायित्वलाई अझ सुदृढ बनाएका छन् ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, ‘हाम्रो आठौं वार्षिकोत्सव केवल उत्सव मात्र होइन, समाजसँगको सम्बन्ध पुन: पुष्टि गर्ने अवसर हो । हामीले विश्वास, विविधता र सामाजिक उत्तरदायित्वका माध्यमबाट बीमा सेवा विस्तार गर्दै सुरक्षित जीवन र समृद्ध भविष्यको लक्ष्यतर्फ दृढतापूर्वक अघि बढिरहेका छौँ ।’
कम्पनीले विगत आठ वर्षको यात्रामा ग्राहकको विश्वास, साझेदारहरूको साथ र कर्मचारीहरूको समर्पणलाई आफ्नो सबलता मान्दै आएको छ । यस अवधिमा बीमा सेवाको पहुँच विस्तार, डिजिटल सुधार, र सामाजिक दायित्वका कार्यक्रमहरूलाई निरन्तर अघि बढाएको छ । कम्पनीले आगामी दिनहरूमा पनि बीमा सचेतना, स्वास्थ्य, शिक्षा, वातावरण र समावेशी विकासका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीले आफ्नो प्रगतिमा साथ दिने सम्पूर्ण ग्राहकवर्ग, व्यवसायिक सिटिजन लिडरहरू, नियमनकारी निकायहरू, शेयरधनी महानुभावहरू, सञ्चालक समिति, सद्भावना दूतद्वय, सञ्चारकर्मी, व्यवसायिक साझेदारहरू, कर्मचारी लगायत सबै शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ । आगामी दिनहरूमा कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्नेमा विश्वस्त रहेको बताएको छ । प्रचलित कानुन, नीति, नियम तथा नियमनकारी निकायबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्दै, सञ्चालक समितिको मार्गदर्शनअनुसार संस्थागत सुशासन कायम राखी निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन टोली कटिबद्ध रहेको जानकारी गराएको छ ।
FACEBOOK COMMENTS