काठमाडौं । जेन जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको एक समूह प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेको छ ।
आइतबार उनीहरू वैशाखी टेकेरै प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न सिंहदरबार पुगेका हुन् । समूहमा करिब दुई दर्जना युवा सहभागी रहेका छन् ।
घाइतेहरूले प्रदर्शनको क्रममा भएको घटना र आफ्नो अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउने उद्देश्य राखेको बताएका हुन् ।
FACEBOOK COMMENTS