काठमाडौं । राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन परेको छ । हिराप्रसाद सेती अध्यक्ष रहने गरी आइतबार आयोगमा निवेदन परेको सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
चुनाव चिह्न ’क्रस खुकुरी’ प्रस्ताव गरिएको छ । जेनजी पुस्ता भएकाले त्यो नाम दिने सम्भावना कम रहेको आयोग स्रोत बताउँछ ।
“जेनजी पुस्ता हो । पार्टीको नाम दिने कुरा नहोला । आयोगले नाम फेर्न भन्ने सम्भावना छ,” आयोग स्रोतले भन्यो । नयाँ दल दर्ताका लागि कात्तिक मसान्तसम्मको समय तोकिएको छ ।
FACEBOOK COMMENTS