काठमाडौं । ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले आफ्ना ४० जना प्रयोगकर्तालाई पुरस्कृत गरेको छ ।
आफ्नो दैनिक यात्रामा इनड्राइभ प्रयोग गर्ने नियमित प्रयोगकर्ताहरूका लागि सञ्चालन गरिएको ‘राइड मोर, विन मोर’ क्याम्पेनअन्तर्गत ४० जना यात्रुलाई इनड्राइभले पुरस्कार प्रदान गरेको हो ।
जसअन्तर्गत १० जना भाग्यशाली यात्रुलाई याडिया ईएस प्रो इलेक्ट्रिक स्कुटर र ३० जना भाग्यशालीलाई अल्टिमा वाच सर्कल स्मार्टवाच प्रदान गरिएको इनड्राइभकी नेपाल प्रतिनिधि रीता पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार ‘राइड मोर, विन मोर’ क्याम्पेन आफ्नो दैनिक यात्रामा इनड्राइभ प्रयोग गर्ने नियमित प्रयोगकर्ताहरूलाई पुरस्कृत गर्न सञ्चालन गरिएको थियो । जसमा प्रयोगकर्ताहरूले इनड्राइभ एपमार्फत राइड बुक गरेर आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गरेका हुन् । यो अभियानमा इनड्राइभका अत्यधिक प्रयोगकर्ताहरू सहभागी भएका थिए । इनड्राइभमार्फत कम्तिमा तीन राइड पूरा गर्ने यात्रुहरूलाई स्वचालित रूपमा लक्की ड्रमा प्रवेश गराइएको थियो ।



‘यो क्याम्पेनमा हाम्रा प्रयोगकर्ताहरूको अत्यधिक सहभागिता देखेर हामी खुसी छौं । हाम्रा मायालु यात्रुहरूलाई हरेक दिन इनड्राइभ छनोट गरेकोमा धन्यवाद दिन ‘राइड मोर, विन मोर’ क्याम्पेन सञ्चालन गरेका थियौँ,’ रीता पोखरेलले भनिन्, ‘इनड्राइभ रोजाइको स्वतन्त्रता र निष्पक्षतामार्फत मानिसहरूलाई सशक्त बनाउनमा विश्वास गर्दछ । हाम्रो अद्वितीय पियर–टु–पियर मूल्य निर्धारण मोडेलले गर्दा यात्रु र चालकहरू प्रत्यक्ष रूपमा उचित मूल्यमा सहमत हुन सक्छन र यसले नै यात्रालाई पारदर्शी, लचिलो र समुदाय–सञ्चालित बनाउँछ । हामी निष्पक्ष र पारदर्शी सेवामार्फत समुदायलाई सशक्त बनाउन जारी राख्ने थप पहलहरूका लागि तत्पर छौं ।’

यस क्याम्पेनको साथ इनड्राइभले स्थानीय नेपाली समुदायसँगको आफ्नो सम्बन्धलाई बलियो बनाउने कार्य जारी राखेको छ ।

यो पनि पढ्नुहोस्–

राइड शेयरिङले बदलेको जीवन : परदेशको पीडादेखि स्वदेशको सफलतासम्म
FACEBOOK COMMENTS