 
			                  			              
काठमाडौं । जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ ।
न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड़ने आदेश दिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् ।
अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए ।
सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र थुनछेकको बहस भएको थियो । सुनारको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरू महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा, बाल्मिकी आउजी, नारायण बुढ़ापृथी, गणेश बराइली, रामबहादुर मिजारले बहस गरेका थिए ।
सरकारवादी मुद्दा भएकोले अधिवक्ता मनिषा गौतमको तर्फवाट सरकारी वकील कार्यालयका सहायक न्याधिवक्ता निष्ठा कर्माचार्यले बहस गरेको अदालतले जनाएको छ ।

खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आउन बाँकी

 
              
              
              
              		              
FACEBOOK COMMENTS