काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पार्टीको महाधिवेशन आयोजक सचिवालय समितिको बैठकमा नजाने भएका छन् ।
मंगलबारका निम्ति आह्वान गरिएको महाधिवेशन सचिवालय समिति बैठकमा आफू नजाने उनले बताएका हुन् । उनी उक्त सचिवालय सदस्य हुन् ।
म आजको महाधिवेशन सचिवालय समिति बैठकमा जान्नँ । मैले अस्ति नै एकताका लागि अघि बढ्दिनँ भनेको थिएँ । उक्त विषय कार्यान्वयन गर्न आज मैले पत्रकार सम्मेलन गर्दै छु ।”
साना दलसँग एकता गरेर माओवादी महाधिवेशन सचिवालय समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नै विसर्जन गर्न खोजेको उनको आरोप छ । प्रचण्डले मंसिरका निम्ति तय पार्टीको महाधिवेशन समेत छल्न खोजेका उनको भनाइ छ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको भवनमा महाधिवेशन आयोजक सचिवालय समितिको बैठक बस्दै छ । बैठकबाट अरू पार्टीसँगको एकता प्रस्ताव अनुमोदन गरिने माओवादीले जनाएको छ ।

              
              
              
              		              
FACEBOOK COMMENTS