काठमाडौं । सरकारले नागरिक एपमार्फत सवारीचालक अनुमतिपत्र सेवा पुन: सञ्चालनमा ल्याएको छ । नागरिक एपका अनुसार, आजदेखि ड्राइभिङ लाइसेन्स सेवा पुन: सञ्चालनमा ल्याइएको हो ।
जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको सर्भरमा आगजनी गरिएपछि सेवा अवरुद्ध भएको थियो । उक्त सेवा आजदेखि सञ्चालनमा ल्याइएको नागरिक एपले जनाएको छ ।
यससँगै एपमा ट्राफिक नियम उल्लंघन र अनलाइन ट्राफिक सचेतना कक्षा सेवा पनि सुरु भएका छन् । अब प्रयोगकर्ताले ट्राफिकसम्बन्धी जरुरी जानकारी, जरिवाना विवरण तथा सचेतना कक्षामा सहभागी हुन सक्नेछन् ।
नागरिक एपले मोबाइलमा सवारीचालक अनुमतिपत्र नदेखिए प्रयोगकर्तालाई एपलाई रिस्टार्ट गर्न आग्रह गरेको छ ।
FACEBOOK COMMENTS