काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेत २ जना र निर्माण सेवा प्रालिविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिकाको गछिया खोलाको नदीजन्य पदार्थ उत्खनन बापतको रकमको मूअकर बापतको एक करोड २३ लाख ६९ हजार ६४९ रकम आन्तरिक राजश्व कार्यालयमा बुझाउनुपर्नेमा
नबुझाएको पाइएको र अनुसन्धान गर्दा तत्कालीन कर अधिकृत तिलक आलेसमेत स्वामीनारायण निर्माण सेवा धरानका प्रबन्ध निर्देशक सन्तोष कुमार बस्नेतले मिलोमतोमा सो रकम लिएको पुष्टि भएकोले मुद्दा
दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारले दुवैलाई सो रकम बराबरको बिगो किटान गरेको छ भने कानुन अनुसार सजायको माग गरेको जनाएको छ ।
FACEBOOK COMMENTS