काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट पाउँने भएका छन् । यसबारेमा द क्लिफ नेपाल र बैंकबीच सम्झौता भएको छ ।
यस सम्झौतापछि बैंकका ग्राहक हरुले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरु लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न पाउँने भएका छन् ।
एनआईसी एशिया बैंकका ग्राहकहरुले द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ । उक्त सुविधा उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
द क्लिफ नेपालसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS