काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा पाँच हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार २०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ३४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला तीन १७५ रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS