काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यस अघि शनिबार दिउँसो २ बजे बस्ने भनिएकोमा उक्त बैठक मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् ।
संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन ।
FACEBOOK COMMENTS