काठमाडौं । नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छोडेर आफूहरूले छुट्टै अभियान थालेको बताएका छन् ।
आइतबार राष्ट्रिय सभागृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्दै उनले आफूहरू सामन्तवादको सिंहासनलाई भत्काएर नयाँ यात्रामा हिँडेको बताएका हुन् ।
‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौं,’ उनले भने ।
FACEBOOK COMMENTS