काठमाडौँ । नेपाली बक्स अफिसमा फिल्म परानले दर्शकलाई आकर्षित गर्नेक्रम जारी रहेको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर १३ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म १६ करोड कमाई गरेको छ ।
परानले अहिलेसम्म १६ करोड १६ लाख ७७ हजार ५५८ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ५ लाख ६९ हजार ७५४ टिकट बेचेको छ ।
त्यस्तै जेरी अन टपले हालसम्म १२ करोड २३ लाख ५२ हजार ३१५ ग्रस कमाई गरेको छ । त्यस्तै जेरी अन टपले अहिलेसम्म ३ लाख ९० हजार ९०४ टिकट बेचेको छ ।
त्यसैगरी जारी–२ ले अहिलेसम्म ६ करोड १९ लाख ३५ हजार ८५३ ग्रस कमाई गरेको छ । त्यस्तै जारी–२ को कुल २ लाख ६ हजार २३९ टिकट बिक्रि भएको छ ।

त्यस्तै सोहि अवधिमा एक साथ रिलिज भएको अर्को फिल्म मन बिनाको धनले ३ करोड ७४ लाख ९१ हजार ४६१ ग्रस कमाई गरेको छ । यस अवधिमा मन बिनाको धनले एक लाख ४३ हजार ३३५ टिकट बिक्रि गरेको छ ।

FACEBOOK COMMENTS