काठमाडौं । काठमाडौँको बौद्धस्थित हायात होटलको क्यासिनोमा लुटपाट र आगजनी गर्ने दुई जना पक्राउ परेका छन् । ४२ वर्षीय दावा सेट्टी र २९ वर्षीय रञ्जित खड्गीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भदौ २४ गते उनीहरुले होटलको क्यासिनोमा पुगेर कर्मचारीलाई धम्क्याउँदै काउन्टरबाट नगद लुटेको प्रहरीले जनाएको छ ।
धारिलो हतियारसहित क्यासिनो छिरेका उनीहरुले लुटपाटपछि आगो लगाएर भागेका थिए ।
त्यहाँ राखिएको सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा सार्वजनिक फोटो तथा भिडियोको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
सात दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार हायात होटलमा लुटपाट तथा आगजनीमा संलग्न रहेको आरोपमा हालसम्म डेढ दर्जन व्यक्ति पक्राउ परेका छन् ।

FACEBOOK COMMENTS