हेटौडा । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले हेटौडाको बजार क्षेत्रमा सडक विस्तार हुने भएकाले मङ्सिर २० गतेसम्म सडकमा पर्ने घरहरु खाली गर्न सूचना जारी गरेको छ ।
प्रशासनले सडक विस्तार कार्यमा केही व्यक्तिहरुले धाक धम्की दिने, जवरजस्ती पसल बन्द गराउने एवं सार्वजनिक विकास निर्माणको यस कानुन सम्मत कार्यलाई अवरोध पुयाउने गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको बताउदै त्यस्तो किसिमको गतिविधि गर्ने व्यक्तिहरुप्रति पूर्ण सचेत रहेको र सडक डिभिजन कार्यालयको यस अभियानमा कानुन विपरीत कार्य नगर्न नगराउन सचेत गराएको छ ।
FACEBOOK COMMENTS