काठमाडौं । हुलास एल्युमिनियमद्वारा उत्पादित प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्याल ब्रान्ड (स्काइलाइन) को आधिकारिक शोरूम तथा अनुभव केन्द्र आजबाट मैतीघरस्थित सेंट जेभियर्स कलेजको अगाडि विधिवत् उद्घाटन गरिएको छ ।
यस विशेष लॉन्च इभेन्ट १८ मंसिर देखि २० मंसिर सम्म निरन्तर रूपमा संचालन हुनेछ । स्काइलाइन शोरूमलाई ‘एक्सपिरियन्स सेन्टर’ को रूपमा तयार पारिएको छ । जहाँ ग्राहकहरूले उत्पादनलाई छुने, महसुस गर्ने, नजिकबाट बुझ्ने र वास्तविक लक्जरी अनुभव गर्ने अवसर पाउनेछन्।
अन्तर्राष्ट्रिय स्तरको गुणस्तर — हुलास एल्युमिनियमको भरोसा हुलास एल्युमिनियमद्वारा आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्मित स्काइलाइन ढोका तथा झ्यालहरूले प्रिमियम क्वालिटी, आकर्षक डिजाइन, र उत्कृष्ट टिगाउपन प्रदान गर्छन्।
कम्पनीले स्काइलाइनलाई ‘पैसाको मूल्य’ब्रान्डको रूपमा प्रस्तुत गर्दै, लक्जरी सेग्मेन्टमा गुणस्तर र मूल्य दुवैका दृष्टिले उत्कृष्ट विकल्प भएको दाबी गरेको छ ।
FACEBOOK COMMENTS