काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भक्तपुरको गुण्डुमा निर्माण गर्न लागिएको एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास ‘ओली कुटी’बारे पदीय दृष्टिकोणबाट अस्वभनीय मजाक गरेका छन् ।
‘ओली कुटी’ नाम दिइए पनि भव्य महलको डिजाइन सार्वजनिक भएपछि एमालेको चौतर्फी आलोचना भइरहेको बेला मन्त्री महावीरले पनि आलोचनासँगै अस्वभनीय कटाक्ष गरेका हुन् ।
उनले आज आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्–
यो नक्सा डिजाइन गर्ने इञ्जिनीयरलाई सख्त कार्वाही गर्नुपर्छ । अनि घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनुपर्छ भन्ने मेरो माग छ । हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाईदिनु हुन्छ त उसले । कहाँसम्मको लापरवाही हो यो ? एकछिन रमाईलो ।
आफ्नो राजनीतिक भाषणहरूमा सन्दर्भवश: प्रचलित भनाइहरू समावेश गर्दा ‘उखानटुक्के’ भनेर केपी ओलीलाई गाली गर्नेहरू नै आज पदीय मर्यादा भुलेर भद्दा मजाकमा उत्रिएका छन् । सामान्यत: प्रतिक्रिया जनाउनै नपर्ने विषयमा बहालवाला मन्त्रीले यसरी भद्दा मजाक गर्नु निकै अस्वभनीय र अमर्यादित आभाष हुन्छ ।



FACEBOOK COMMENTS