काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ३५ सय रुपैयाँले बढेको हो ।
बढेको बजारमा सुनको मूल्य दुई लाख ५६ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन दुई लाख ५३ हजार एक सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलाको तीन हजार ९०५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तीन हजार ८०५ मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS