काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा दिउँसो सवा तीन बजेबाट बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधिहरू सहभागी छन् ।
हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशन उदघाटन भएको थियो । मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाएको छ ।
एमालेले अन्तिम समयमा विधान संशोधन गर्दै पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाएको छ ।


FACEBOOK COMMENTS