काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले सुदन गुरुङ र मिराज ढुंगानाको भूमिका बारेमा टिप्पणी गरेकी छन् ।
उनले मिराज ढुंगानाप्रति लक्षितगर्दै भदौ २३ मा आन्दोलनमै नआएकाले अन्तरिम सरकारलाई कामचोर घोषणा गरेर संसद पुन:स्थापना र सर्वपक्षीय सरकार भनिरहेको र सुदन गुरुङप्रति लक्षित गर्दै जेनजीका दाइ भन्दै उनले संसद पुनस्थापना र सर्वपक्षीय सरकारकै कुरा विकल्पको रूपमा अगाडि सारेको बताएकी हुन् ।
बमले देश संसद पुनस्थापनाको विषयबाट राजनैतिक कोर्स निकै अगाडि बढिसकेको बताउदै अब निर्वाचन गरेर माग सम्बोधन गर्नु नै सहि विकल्प भएको बताएकी छन् ।
उनले भनेकी छिन्–
एकजना जेन जी मित्र, जो सेप्टेम्बर ८ को दिन आन्दोलनमै आएका थिएनन, आज अन्तरिम सरकारलाई ’कामचोर’ घोषणा गरेर संसद पुनस्थापना र सर्वपक्षीय सरकार भनिरहेका छन् ।

अर्का एक जेन जीका दाइ छन् , उनले पनि केही दिन अगाडि कान्तिपुर टिभीको फायरसाईडमा संसद पुनस्थापना र सर्वपक्षीय सरकारकै कुरा विकल्पको रूपमा अगाडि सारेका थिए । अनि फेरि आफै ‘हामी तिमीहरूलाई आउन दिन्छौं र ? हामीले हातमा चुरा लगाएका छैनौं’ पनि भन्दै थिए ।

जेन जी मित्र र जेन जीका दाई दुवैलाई भन्न चाहन्छु, तपाईहरू दुबैले जुन संसद पुनस्थापना को कुरा गरिरहनु भएको छ, हाम्रो देशको राजनैतिक कोर्स त्यहाँबाट निकै अगाडि बढिसकेको छ । अब पश्चगामी बाटोतर्फ जानुभन्दा नयाँ जनादेश लिएर नयाँ संसद मार्फत मुलुकलाई निकास दिदै, हाम्रा मुद्दाहरू सम्बोधन गरिने बाटो खोजिनुपर्दछ ।यतिखेर सबैभन्दा प्रमुख कुरा, हामीलाई ’पोलिटिकल प्रोसेस’ को आवश्यकता छ । हामी कसैको पनि स्वार्थपूर्तिका खातिर राजनैतिक/रणनैतिक गोटी बन्नुहुदैन ।हामी थप सचेत हुन जरूरी छ ।देशमा शान्ति जरूरी छ ।

अनि जेन जीका दाई , मेरा यी चुरा लगाएका दुबै हात यस्ता सम्पूर्ण गलत कुकृत्यका विरूद्ध आफ्नो मुठ्ठी उठाईरहेकै छन् । चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला । स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस र याद गर्नुस, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन् । भदौ २८,२०८२ मा ढोगेको खुट्टा सम्झनुस् । तपाईले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो ।
FACEBOOK COMMENTS