काठमाडौं । सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज शिर्ष तिन दलका अध्यक्षहरुसँग भेट्ने भएका छन् ।मन्त्री खरेलको सचिवालयका अनुसार उनले आज साढे ९ बजे नेपाली काँग्रेस पार्टी सभापति शेरबहादुर देउवासँग बिहान ११ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गुण्डुमा र अपराहन्न १२ बजे नेपाल कम्युनिस्ट पार्टीका सम्योजक प्रचण्डसँग उनको निजि निवासमा भेट गर्ने कार्यक्रम रहेको छ ।
सरकारले चुनावको वातावरण बनाउन शिर्ष दलसँग छलफललाई निरन्तरता दिने क्रममा आज शिर्ष नेताहरुलाई भेट गर्न लागेको हो । यस अघि मन्त्रीहरुसहितको सरकारी टोलीले प्रमुख दलका केन्द्रीय कार्यालयको अनुगमन र छलफल गरेको थियो ।
FACEBOOK COMMENTS