रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर–९ स्थित ज्योती डिस्टिलरीमा बोइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फोटका कारण घटनास्थलमै एक जना कामदारको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
प्रारम्भिक जानकारी अनुसार विस्फोट अत्यन्तै शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा व्यापक क्षति पुगेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि वीरगञ्ज तर्फ लगिँदै गरिएको जनाइएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS