काठमाडौं । जापानमा शुक्रबार राति हिउँ परेको मौसमले ठूलो सडक दुर्घटना निम्त्याएको छ ।
प्रहरीले कुहिरोका कारण दुई ट्रक ठोक्किएपछि भएको दुर्घटनामा पछाडिबाट आएका सवारी साधनहरूले हिउँ परेको सडकमा समयमै ब्रेक लगाउन सकेनन् र ५० भन्दा बढी सवारी साधनहरू एकअर्कासँग ठोक्किए । दुर्घटनाले तुरुन्तै सवारी साधनहरूमा आगो लाग्यो ।
गुन्मा प्रिफेक्चरको मिनाकामी शहरमा रहेको कान–एत्सु द्रुतमार्गमा दुर्घटना भएको थियो । यस दुर्घटनामा ७७ वर्षीया महिलाको मृत्यु भएको छ भने २६ जना घाइते भएको बताइएको छ ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि आगो द्रुत गतिमा एक दर्जनभन्दा बढी गाडीहरूमा फैलियो र धेरैजसो पूर्ण रूपमा नष्ट भएको थियो । आगो निभाउन अग्निनियन्त्रकहरूलाई लगभग सात घण्टा लाग्यो । प्रहरी अनुसन्धान, भग्नावशेष हटाउने र सडक सफा गर्ने कामका कारण द्रुतमार्गका केही भागहरू अझै बन्द रहेको बताइएको छ ।
FACEBOOK COMMENTS