काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उमेदवारी दर्ता खुला भएको छ ।
निर्वाचन समितिका संयोजक सीताराम केसीले उमेदवारी दर्ता गर्न अनुमति दिएसँगै उमेदवारी दर्ता खुला भएको सूचना जारी गरिएको छ । उमेदवारी दर्ताको समय १ घण्टाका लागि तोकिएको छ ।
उमेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका भने बुधबारका लागि सारिएको छ । आज मनोनयन दर्ता भइसकेपछि बाँकी निर्वाचन तालिका भने भोलिबाट कार्यान्वयनमा आउने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केसीले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS