काठमाडौं । आगामी फागुन २१ गते निर्वाचन गराउने प्रमुख कार्यादेशसहित गत भदौ २७ गते गठन भएको अन्तरिम सरकारका तीन जना मन्त्रीले निर्वाचनअघि नै सरकार छोडेका छन् ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल, ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले फरक–फरक समयमा पदबाट राजीनामा दिएका हुन् ।
यी तीनैजना मन्त्रीहरू आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नेगरी सरकारबाट विदा भएका हुन् ।
ऊर्जामन्त्री रहेका कुलमान घिसिङले उज्यालो नेपाल पार्टी निर्माण गरी राजनीतिमा होमिएका छन् भने बब्लु गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिएका छन् ।
यस्तै, आजैमात्र राजीनामा दिएका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल पनि रास्वपामा मिसिएर ललितपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचन प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

मौजुदा मन्त्रीहरूको सूची–



FACEBOOK COMMENTS