काठमाडौं । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । विहिबार नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३२ कम्पनिका एक करोड ९० लाख ७५ हजार ७५६ कित्ता शेयर ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार ९८ मा कारोबार भएको थियो । आज बैंकिङ, म्युचुअल र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज एसवाई प्यानल, श्रीनगर एग्रो र त्रिशुली जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै कालिका पावरको सबै भन्दा बढी ६.२५ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४० करोड ८२ लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको ३५ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।
FACEBOOK COMMENTS