काठमाडौं । पशु सेवा तालिम केन्द्र दुहवी सुनसरीको आयोजना तथा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनमा यहि पौष १७ गते देखि २२ गतेसम्म झापा जिल्लाको गरामुनी शाखाका ५७ जना गाई पालन गर्ने सदस्यहरुलाई ६ दिने स्थलगत गाई पालन तालिम प्रदान गरिएको छ ।
त्यसैगरी पौष २३ गते देखि २७ गतेसम्म मोरङ जिल्लाको दुर्गापुरी शाखाका ४० जना कुखुरा पालक सदस्यहरुलाई ५ दिने स्थलगत कुखुरा पालन तालिम प्रदान गरिएको छ ।

उक्त तालिमहरु मार्फत ग्रामीण महिला सदस्यहरुको क्षमता अभिवृद्धि गर्नुका साथ व्यावसायिक पशुपालन तर्फ प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । यस तालिमबाट सहभागी पशुपालक सदस्यहरुको दिर्घकालिन रुपमा आय वृद्धिहुने विश्वास समेत गरिएको छ ।
FACEBOOK COMMENTS