काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सकिएको छ ।
आइतबार बिहान ९ देखि सुरु मतदान दिउँसो ३ बजे सकिएको हो । मतदात सकिएपछि अब केहीबेरमा गणना गरिने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभा अन्तर्गत मधेस प्रदेशमा ९३.६८ प्रतिशत मतदान भएको छ । मधेशमा प्रदेशसभा सदस्यतर्फ १०० मतदाता रहेकोमा ९९ मत खसेको छ भने पालिकातर्फबाट २६४ मध्ये २४२ जनाले मतदान गरेको प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
त्यसैगरी बागमती प्रदेशमा ३१८ मत खसेको छ । राष्ट्रियसभामा वाग्मतीतर्फ रिक्त हुन लागेका दुई सिटका लागि निर्वाचन भएको हो । वाग्मतीमा प्रदेशतर्फ १०४ र स्थानीयततर्फ २३४ गरी ३३८ मतदाता थिए ।
त्यस्तै गण्डकी प्रदेशमा कुल २२३ जनाले मतदान गरेका छन् । जसमा प्रदेशतर्फ ५७ र पालिकातर्फ १६६ जनाले गरी २२३ जनाले मतदान गरेका हुन् । गण्डकीमा पालिका तर्फ १०२ जना पुरुष र ६४ जना महिलाले मतदान गरेका हुन् भने प्रदेशतर्फ ५९ पुरुष र २० महिला गरी ५७ जनाले मत दिएका हुन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा कुल २८६ मत खसेको छ । प्रदेशसभा सदस्यतर्फ ७८ मत रस्थानीय तह सदस्यतर्फ २०८ मत खसेको हो । लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र २१७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३०० जना मतदाता थिए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा २२० मत खसेको छ । २२४ मतदाता रहेकोमा ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी २२० जनाले मतदान गरेका छन् ।

कोशी प्रदेशमा प्रदेशतर्फ ८९ र पालिका तर्फ २६४ जनाले मतदान गरेका छन् । कोशीमा प्रदेश सभामा ९३ जना प्रदेशसभा सदस्य र १३७ वटा पालिकाका २७४ मतदाता रहेका थिए ।

FACEBOOK COMMENTS