काठमाडौं । पूर्वमन्त्री जितेन्द्रनारायण देवले नेकपा एमाले परित्याग गरेका छन् ।
सोमबार सप्तरीमा पत्रकार सम्मेलन गरेर देवले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।काँग्रेस छोडेर एमाले प्रवेश गरेको छोटो समयमै उनले पार्टी छोडेका छन् ।
उनले भनेका छन्, ‘बिगत लामो समय देखि देशमा बिद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी तथा युवाहरुको आम बिदेश पलायनको बिरुद्धमा आक्रोशको बिष्फोट थियो भदौ २३ गतेको जेनजी बिद्रोह । यसलाई यसै रूपमा नबुझी वा बुझ्न नचाही आफु सच्चिन र पार्टीलाई सच्चाउने दिशामा लाग्नुको सट्टा यसलाई बिदेशी षड्यन्त्र देख्ने, पार्टीलाई ब्यक्तिवाद् र देवत्वकरण तिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी संचालन गर्ने बिचार नीति तथा ब्यबहारसँग असहमत भई आजैको मितिदेखि एमाले परित्याग गरेको घोषणा गर्दै सबै सम्वद्ध पक्षलाई यस बिषयको सार्वजनिक जानकारी गराउँदछु ।’
नेकपा मानन्धर समुहबाट राजनीति शुरु गरेका देवले यस अघि नेकपा एमाले, नेकपा माले, मधेशी जनअधिकार फोरम, लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसलगायतका पार्टीमा प्रवेश गरेर राजनीति गरेका छन् ।
उनले यस अघि काँग्रेसबाट राष्ट्रिय सभाको सांसदबाट ६ बर्षे कार्यकाल पुरा गरेपछि पार्टी छोडेका थिए ।

FACEBOOK COMMENTS