ललितपुर । जनता समाजवादी पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।
आइतबार ग्वार्कोस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ३२ पृष्ठको प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो।
कार्यक्रममा पार्टी अध्यक्ष अशोक कुमार राईले प्रतिबद्धतापत्र केवल चुनावी घोषणामात्र नभई पार्टीको राजनीतिक विचार, दृष्टिकोण र कार्यदिशा समेटिएको दस्तावेज भएको बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली राजनीतिक स्थायित्व र प्रत्यक्ष लोकतन्त्रका लागि आवश्यक रहेको धारणा राखे।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा घोषणापत्र लेखन समितिका संयोजक मनिकर कार्कीले समाजवादी चरित्रको राजनीतिक लक्ष्यसहित विकास, समृद्धि र प्रगतिका कार्यक्रम प्रतिबद्धतापत्रमा समावेश गरिएको बताए।

FACEBOOK COMMENTS