काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
रास्वपा झापा–५ का क्षेत्रीय परिषद सदस्य भरत खनाल एमालेमा प्रवेश गरेका हुन् । उनलाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेशपछि खनालले देशको राजनीतिक स्थायित्व र विकासका लागि एमालेको नीति तथा कार्यक्रम उपयुक्त ठानेर आफूले निर्णय गरेको बताएका छन् । उनले आगामी दिनमा सङ्गठन सुदृढीकरण र जनताका मुद्दामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमालेका नेताहरूले खनालको प्रवेशले झापा–५ मा पार्टी थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् । पछिल्लो समय झापामा विभिन्न दलका कार्यकर्ता एमालेमा प्रवेश गर्ने क्रम बढ्दै गएको नेताहरूको दाबी छ ।

FACEBOOK COMMENTS