काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँ दिल्ली, भारत बीच यस बैंकका ग्राहक महानुभावहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावलज्यू र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माज्यूले हस्ताक्षर गरेका हुन् ।
यस बैंकका ग्राहक महानुभावहरुले बिरामी कोठा शुल्क, निवारक स्वास्थ्य जाँच प्याकेज र सहभागीहरूको स्वास्थ्य जाँच सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुने छ र बहिरङ्गी रोगी जाँचमा ५ प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ ।
साथै, नि:शुल्क दर्ता शुल्क, अन्तर्राष्ट्रिय बिरामी लाउन्जमा पहुँच जस्ता सुविधाहरु समेत उपलब्ध हुनेछन् । यसैगरी, काठमाडौं स्थित अपोलो इन्फर्मेसन सेन्टर मार्फत नियुक्ति लिने बैंकका ग्राहक महानुभावहरुलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटल/हस्पिटलसम्मको लागि यातायातको थप सुविधा समेत उपलब्ध हुनेछ ।
FACEBOOK COMMENTS