काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको नयाँ केन्द्रीय कार्यालय आईजीआई कम्प्लेक्सको भव्य समारोहका बिच शुभारम्भ गरिएको छ ।
कम्पनीको संस्थागत सुदृढिकरण, सेवा विस्तार र प्रविधिमैत्री पूर्वाधार विकासको लक्ष्यलाई मुर्तरुप दिने उद्देश्य सहित निर्माण गरिएको यस अत्याधुनिक भवनको संयुक्त रुपमा रिबन काटी उद्घाटन गरिएको छ ।
बिहीबार कम्पनीका अध्यक्ष हेमराज ढकाल, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा कम्पनीका संस्थापक शेयरधनी चन्द्र प्रसाद ढकाल तथा नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष, कम्पनीका संचालक समितिका पदाधिकारीद्वारा संयुक्त रुपमा रिबन काटी भवनको उद्घाटन गरिएको थियो ।
काठमाडौं महानगरपालिका, वडा नम्बर ३, पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा २ तल्ला पार्किङ्ग सहित आईजीआई कम्प्लेक्स १२ तल्लाको भव्य भवनमा रहेको छ । भवन करिब एक अर्ब लागतमा बनेको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष हेमराज ढकालले भवनले कम्पनीको आगामी रणनीतिक लक्ष्य, दिगो विकासको प्रतिवद्धता, ग्राहक केन्द्रीत सेवामा थप ऊर्जा प्रदान गर्ने, विश्वसनीयता, पारदर्शिता र नवप्रवद्र्धनमा आइजीआई पु्रडेन्सियलले सधँ अग्रसर रहने बताए ।

अध्यक्ष ढकालले नवनिर्मित भवन आधुनिक डिजाइन, सुविधा सम्पन्न कार्यक्षेत्र, डिजिटल सेवा प्रणाली तथा सेवाग्राही मैत्री वातावरण सहित तयार गरिएको र यस मार्फत कम्पनीले छिटो, प्रभावकारी र विश्वसनीय बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको जानकारी दिए ।



नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, आइएमई गु्रप अफ कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत ११ बर्षमा कम्पनीमा आएको परिवर्तनसँगै आईजीआई कम्प्लेक्सको उद्घाटनमा सरिक हुन पाउँदा गौरव महशुस भएको र इमान्दारीताका साथ काम गर्दा उन्नती अवश्य हुन्छ भनि कम्पनीलाई उदाहरणको रुपमा लिन सकिने बिचार व्यक्त गरे ।
बीमा बजारको विस्तारको लागि नियामकीय निकायको ठूलो भुमिका रहनेछ भन्दै नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको उन्नती र प्रगतीको लागि राम्रो अविभावकको रुपमा आफूलाई प्रस्तुत गर्ने उनको विश्वास छ ।

समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले आइजीआई पु्रडेन्सियल इन्स्योेरेन्सले बीमा क्षेत्रको विस्तार तथा जनविश्वास अभिवृद्धिमा उल्लेखिनीय योगदान पुर्याइरहेको र आउने दिनमा अझै थप ग्राहकहरुलाई सेवा विस्तार गरी यस क्षेत्रमा आफूलाई एक अब्बल कम्पनीको रुपमा स्थापित हुनका लागि शुभकामना दिए ।

नयाँ संरचना तथा पूर्वाधारले सेवाको गुणस्तर र पहँचमा सकारात्मक प्रभाव पार्ने उनको धारणा छ । समारोहमा बीमा क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्षहरु, कम्पनीका संचालक समितिका पदाधिकारीहरु, संस्थापक शेयरधनीहरु, निवर्तमान संचालकहरु, नेपाल बीमक संघका अध्यक्ष तथा पदाधिकारीहरु, नेपाल जीवन बीमक संघका अध्यक्ष तथा पदाधिकारीहरु, नेपाल लघु बीमक संघका पदाधिकारीहरु, बैँक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरु, उद्योगी, व्यापारी, व्यावसायी, स्थानीय सरकारका प्रतिनिधीहरु, विभिन्न नियामकीय निकायका प्रतिनिधीहरु, कम्पनीका कर्मचारीहरु, पत्रकारहरु तथा सरोकारवालाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
समारोहमा आफ्नो स्वागत मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले आफूहरुले केवल एउटा भवन उद्घाटन गरिरहेको नभएर आफ्नो प्रतिबद्धता, विश्वास र सेवा प्रतिको अटल समर्पणलाई नयाँ उचाइमा पुर्Þयाउने संकल्पलाई उद्घोष गरिरहेको धारणा व्यक्त गरे ।
आईजीआई कम्प्लेक्स भवन आफूहरुको निरन्तर प्रगति, संस्थागत सुदृढिकरण र दीर्घकालीन दृष्टिकोणको प्रतीक रहेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS