काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण खुलाउनुपर्ने व्यवस्था छ ।
पण्डित र उनको परिवारका नाममा काठमाडौंसहित देशका विभिन्न स्थानमा घरजग्गा, उल्लेख्य बैंक मौज्दात र सेयर लगानी रहेकोे सम्पत्ति विवरणमा उल्लेख छ ।
काठमाडौंको टोखा नगरपालिका–३ मा श्रीमती कामना शर्मा पण्डितका नाममा दुई करोड २० लाख रुपैयाँमा खरिद गरिएको एउटा घर छ । सामाखुसीमा आमा गौरी पण्डितका नाममा २.५ तलाको पैतृक घर रहेको उनको सम्पत्ति विवरणमा जनाइएको छ ।
पण्डितको आफ्नै नाममा कैलालीको धनगढीमा १० लाख रुपैयाँमा खरिद गरिएको जग्गा छ । साथै, उनको परिवारका नाममा तनहुँको दमौलीमा ११ रोपनीभन्दा बढी पैतृक जग्गा छ ।

