काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक सधारण सभा उद्घाटन समारोह र निर्वाचन कार्यक्रम फरक–फरक स्थानमा हुने भएको छ ।
महासंघले आज जारी गरेको सूचना अनुसार साधारण सभा उद्घाटन ललितपुरको ग्वार्कोस्थित होटेल टुलिप र निर्वाचन कार्यक्रम काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने भएको छ ।
महासंघको ६०औँ साधारण सभा तथा निर्वाचन कार्यक्रम आगामी सोमबार र मंगलबारका लागि तय गरिएको छ ।
