काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।
विमानस्थलमा रूसी अधिकारीहरूले उनको स्वागत गरेको भिडिओ पनि इरानी मिडियाहरूले सार्वजनिक गरेका छन्।
विदेशमन्त्री अराग्चीले मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन्।
इरानी राजदूत काजेम जलालीले पुटिनसँगको भेट निश्चित भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन्।
भेटमा युद्धका पछिल्ला घटनाक्रम र द्वीपक्षीय सहकार्यबारे छलफल हुने जलालीले बताएका छन्।

विदेशमन्त्री अराग्ची इस्लामाबादबाटै रूस गएका हुन्। ट्रम्पले वार्तामा बस्ने भए फोन गर्नू भनेर इरानलाई सोसियलमार्फत आग्रह गरेका पनि थिए।
