काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई विभिन्न प्रश्न सोधेका छन् ।
साम्पाङले लिपुलेख सीमा विवाद, सुकुम्बासी बस्ती र बजेट निर्माणका विषयमा प्रधानमन्त्रीलाई १० वटाभन्दा बढी प्रश्न सोधेका छन् ।
ती प्रश्न जनताको तर्फबाट भएको उनको भनाइ छ ।
