काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जिल्ला/नगरतर्फ प्रदेश सदस्यमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार सुर्खेत उद्योग वाणिज्य संघका पदमबहादुर शाही र जुम्ला उद्योग वाणिज्य संघका पुरिचन्द्र देवकोटा सर्वसम्मत निर्वाचित भएका हुन् ।
समितिका अनुसार आज सम्पन्न निर्वाचनमार्फत महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा कोशी प्रदेशबाट जीवन पराजुली (उद्योग वाणिज्य संघ इटहरी) र रमेश विश्वकर्मा (त्रियुगा उद्योग वाणिज्य संघ) निर्वाचित भएका छन् ।
मधेश प्रदेशबाट विकास कुमार सारडा (उद्योग वाणिज्य संघ सिरहा, लहान) र अमर नाथ साह (सिरशा उद्योग वाणिज्य संघ) निर्वाचित भएका छन् ।
बागमती प्रदेशबाट सविन श्रेष्ठ (ललितपुर उद्योग वाणिज्य संघ) र प्रकाश मानन्धर (काभ्रे उद्योग वाणिज्य संघ) निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशबाट पविन्द्र कुमार श्रेष्ठ (तनहुँ उद्योग वाणिज्य संघ) र सुविन श्रेष्ठ (म्याग्दी उद्योग वाणिज्य संघ) निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशबाट यज्ञ प्रसाद भट्टराई (बपिलवस्तु उद्योग वाणिज्य संघ) र बालकृष्ण सुवेदी (रोल्पा उद्योग वाणिज्य संघ) निर्वाचित भएका छन् ।

र, सुदूरपश्चिम प्रदेशबाट पिताम्बर जोशी (कञ्चनपुर उद्योग वाणिज्य संघ) निर्वाचित भएका छन् भने दानबहादुर सुर्मेली (बझाङ उद्योग वाणिज्य संघ) र पदमराज चौलागाईं (लम्कीचुहा उद्योग वाणिज्य संघ) को बराबरी ७/७ मत प्राप्त भएकोले निर्णय हुन बाँकी रहेको छ ।
हरेक प्रदेशबाट दुई/दुई जना गरी कूल १४ जनाको प्रतिनिधित्व रहने यो कलष्टमा २९ जनाको उम्मेदवारी थियो ।