काठमाण्डौ, भदौ १३ – कैलालीमा जारी निषेधाज्ञा थप ५ दिन लम्बाउने निर्णय गरिएको छ । आइतबार राति सकिन लागेको निषेधाज्ञालाई १९ गते रातिसम्म लम्बाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।
‘कोरोना संक्रमणको अवस्था बढ्न थालेपछि हामीले यस्तो निर्णय गरेका हौँ’ प्रजिअ बोहराले भने ‘निषेधाज्ञाका नियमहरू यथावत् छन् ।’
शुक्रवार बसेको सुरक्षा समितिको बैठकले पनि भदौ ४ गतेदेखि जारी निषेधाज्ञा १९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको थियो ।
FACEBOOK COMMENTS