काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ।
बैठक सिंहदरवारस्थित राज्यव्यवस्था तथा सुशासन समितिको सभाकक्षामा अपरान्ह ४ बजे बस्दैछ।
प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज कुमार शर्माको संसदीय सुनुवाइ पक्रिया अगाडि बढाउन बैठक आह्वान भएको संसदीय सुनुवाइ समितिको उपसचिव सावित्रा शर्माले जानकारी दिइन्।
बैठकमा समितिका सदस्यहरूलाई उपस्थितिका लागि सूचना समेत जारी गरेको छ। बिहीबार बसेको संवैधानिक परिषद बैठकले न्यायाधीश डा.शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको हो।