काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरू गरेका छन् ।
संघीय संसद संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत सुरू गरेका हुन् ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रममा राजस्व प्रणालीमा परिवर्तन गर्ने, प्रविधि मैत्री सरकार सेवा बनाउने र वर्तमान करका दर परिवर्तन गर्ने उल्लेख गरेका छन् ।
यो प्रधानमन्त्री बालेन्द्र साह नेतृत्व सरकारको पहिलो नीति तथा कार्यक्रम रहेको छ ।